टेम्पाे दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा, १९ माघ । धनकुटा नगरपालिका–७ जिरोप्वाइन्टमा हिजो साँझ टेम्पाे दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गएराति कोशी लोकमार्ग अन्तर्गत पचीयमोडबाट जिरोप्वाइन्टतर्फ जाँदै गरेको मे.१ ह ४४७४ नम्बरको टेम्पाे सडकको नालीमा दुर्घटना हुदा चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० वर्षीय लालबहादुर दर्लामी मगरको मृत्यु भएको हो । 

गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटा पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021