एमालेको सचिवालय बैठक बस्दै : यस्ता छन् एजेण्डा

काठमाडौँ, १९ माघ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।

बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने भएको छ । बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची छ ।

सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेसँगै एमालेले तयारीका विषयमा छलफल गर्न लागेको हो । त्यस्तै कोभिड–१९ का कारण कतिपय जिल्ला अधिवेशन रोकिएका छन् भने प्रदेश अधिवेशन पनि सारिएको छ । यस विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, १६ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन्

काठमाडौँ, १६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोशाक लगाउने

काठमाडौँ, १६ चैत । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ ।  आज बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्