लेखा र राजस्व समूहबाट उपसचिवमा १४ जना सिफारिस (नामावलीसहित)

काठमाडौँ, १९ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहबाट १४ जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । 

बढुवा समितिको मंगलबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । यसअघि सोमबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो ।

मन्त्रालयले लेखा समूहबाट विनोद भट्टराई, नारायणप्रसाद दाहाल, हरिहर आचार्य, खिमप्रसाद अर्याल, श्रीराम दाहाल,  रामभक्त रानाभाट, ध्यानकुमार राई, धर्मभक्त बस्याल, बद्रिप्रसाद अर्याल, शरणहरि लुईँटेल र तीर्थराज ओझालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । त्यस्तै, राजस्व समूहबाट बढुवा सिफारिसमा पर्नेमा अनिलप्रसाद श्रेष्ठ, खगेन्द्र खड्का र टीकाराम गैरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021