काठमाडौँ, १८ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १,९०४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १ हजार ४ सय ४ जना, ललितपुरमा ३०८ र भक्तपुरमा १९५ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ४४ हजार ५ सय ३१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् ।