काठमाडौँ, १८ माघ । स्थानीय तहको चुनाव जेठ ४ गते एकै चरणमा गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारी सहमत भएका छन् ।
आज दिउँसो बालुवाटारमा भएको छलफलमा एकै चरणमा जेठ ४ मा निर्वाचन गर्ने सहमति जुटेको आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
“जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री सहमत हुनुभएको छ । अब बस्ने मन्त्रिपरिषद्बाट निर्णय गर्छु भन्नुभएको छ,” उनले भने । आयोगले एने संशोधन नगरी नै निर्वाचन गर्न सकिने बताएपछि जेठ ५ गते अघि नै निर्वाचन गर्न सरकार सहमत भएको हो ।