काठमाडौँ, १८ माघ । थप ५ हजार ५ सय ८३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ५७ हजार ५ सय ७० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७४ हजार ६ सय ५३ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ८ हजार २ सय ६७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ७१ हजार १ सय ६५ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ जना पुगेको छ ।