काठमाडौँ, १८ माघ । धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सुनसरीको धरान नगरपालिका-८ का ५२ वर्षीय महिलाको उपचारका क्रममा सोमबार राति १०: ०० बजे मृत्यु भएको हो ।
उनलाई माघ १६ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा उच्च रक्तचाप, मधुमेहह तथा लिभरसम्बन्धी समस्या थियो ।