काठमाडौँ, १८ माघ । काठमाडौँ महानगरपालिका अन्तर्गत गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि सुपरिवेक्षक र गणकका निम्ति आवेदन आह्वान गरिएको छ ।
आज एक सूचना प्रकाशित गरी महानगरपालिकाले २१ सुपरिवेक्षक र २१० गणकका लागि आवेदन आह्वान गरिएको हो । सात दिनभित्र आवेदन दिन भनिएको छ ।
