अध्यक्ष ओलीविरुद्धको ‘हावादारी र बकम्फुसे’ उजुरी खारेज गर्न माग

भक्तपुर, १७ माघ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा दिइएको उजुरीलाई खारेज गर्न माग गरेको छ ।

संघका जिल्ला अध्यक्ष पुष्पराज बस्नेतले आज एक विज्ञप्ती जारी गर्दै उक्त उजुरी हावादरी र बकम्फुसे भएको दावी गरेको छ । अध्यक्ष ओलीले संघले आजोजना गरेको एक हप्ते खुल्ला रक्तदान कार्यक्रमको उद्घाटनमा आई युवालाई हौसला बढाउँदै सामाजिक काममा निरन्तर लाग्न निर्देशन दिनुभएको थियो ।

अध्यक्ष ओलीलाई कोरोना पोजेटिभ देखिएको समयमा समेत कार्यक्रममा हिडेको भन्दै जिल्ला प्रशासन कार्यालयमा सरकारवादी युवाले रोग निवारण ऐन अनुसार कारवाहीको माग गर्दै उजुरी दिएका थिए । सोही उजुरीलाई संघले कडा शब्दमा आपत्ती जनाएको हो । संघका अध्यक्ष बस्नेत तथा जिल्ला इन्चार्ज राजु लबञ्जर सहितको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालार्ई उक्त उजुरी खारेज गर्न माग गरेको छ ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021