नेता रावलको प्रश्न: देउवा नेपाली कि विदेशीको प्रधानमन्त्री ?

काठमाडौँ, १७ माघ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कि विदेशीको प्रधानमन्त्री भन्दै प्रश्न गर्नुभएको छ ।

एमसीसी अनुमोदान नगर्ने हो भने सत्तारुढ गठबन्धन भंग गरिदिने भन्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठकमा धारणा राखेको विषय मिडियामा आएपछि नेता रावलले देउवा नेपालीको प्रधानमन्त्री कि विदेशीको भन्दै प्रश्न गर्नुभएको हो ।

नेता रावलले ट्वीटरमा लेख्नुभएको छ, ‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे ! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीको ? जनतालाई जवाफ दिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता

काठमाडौँ, २३ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छः

काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका

काठमाडौँ, २३ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राविधिकरणको आइतबार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021