राप्रपा अध्यक्ष लिङ्देनद्वारा २४ पदाधिकारी मनोनयन (नामावलीसहित)

काठमाडौँ, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारीमा २४ जना मनोनित हुनुभएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री र सहायक महामन्त्री पदमा २४ जनालाई मनोनित गर्नुभएको हो । अध्यक्ष लिङ्देनले पूर्वअध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी निकटका नेताहरु समेतलाई समेटेर पदाधिकारी मनोनित गर्नुभएको हो । यसअघि महाधिवेशनबाट राप्रपामा ४ उपाध्यक्ष र तीन महामन्त्रीसहित १४९ जनाको केन्द्रीय समिति निर्वाचित भएकामा पछि विधानअनुसार थप मनोनयन गरिएको हो ।

जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित हुनुभएको छ भने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित हुनुभयो । यस्तै प्रवक्तामा भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुन सुन्दर लावती र गोपाल दाहाल मनोनित हुँदा सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्ण बहादुर चन्द मनोनित हुनुभयो ।

यस्तै सहमहामन्त्रीमा मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुँदा सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपक कुमार राई मनोनित हुनुभयो । जसअनुसार आर्थिक बिभाग प्रमुखमा दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय बिभाग प्रमुखमा पुष्पराज पुरुष, सूचना तथा प्रविधि बिभाग प्रमुखमा रविन चाम्लिङ, तराई मधेश विभाग प्रमुखमा रामप्रताप साह, अभिलेख तथा मुल्याङ्कन बिभाग प्रमुखमा मीना सुवेदी, सहकारी समन्वय बिभाग प्रमुखमा सुदर्शन थापा चयन हुनुभयो । यसैगरी रमानन्द न्यौपाने केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाडौँ, ३ भदौ । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने भ्येको छ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर

काठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको समस्या

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021