अध्यक्ष ओलीविरुद्ध उजुरी

काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ ।

अध्यक्ष ओलीलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्न माग उजुरी दर्ता भएको छ । ओलीले आफू कोभिड संक्रमित हुँदाहुँदै माघ १२ गते एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई कोरोना संक्रमण फैलाउने काम गरेको आरोप उजुरीमा लगाइएको छ । 

उजुरीमा भनिएको छ, “आफू कोरोना संक्रमित भई जानीजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुनबमोजिम आवश्यक कारबाही गरी पाँऊ । निज केपी शर्मा ओलीको उक्त उपस्थिति र भाषणले समाजमा कोरोना संक्रमण फैलाउनुमा साथै आम जनमानसमा कोरोनाको कहर सामान्य रुघा खोकी मात्र भएको भ्रमित अवस्था सिर्जना गर्न सक्ने भएकाले आवश्यक कारबाही नभएमा अरू कोरोना संक्रमितहरूले समेत कुनै मापदण्ड पालना नगरी आफूलाई आइसोलेट नगरी समाजमा अझ संक्रमण बढाउन सक्ने देखिन्छ ।”


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका कारण उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फको उडान

काठमाडौँ, १५ चैत । खोटाङ जिल्लाको विभिन्न स्थानमा ३ करोड खर्चिएर स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । खोटाङ सेवा

काठमाडौँ, १५ चैत । दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई गाउँपालिका वडा नम्बर