पोखरामा एक किलो सुनसहित पक्राउ

पोखरा, १६ माघ । कास्कीको पोखरामा एक किलो सुनसहित एकजना पक्राउ परेका छन् ।

गएराति पोखरा महानगरपालिका–३०, पावरहाउसचोकबाट पोखरा महानगरपालिका–१५ का २५ वर्षीय रेशम सुनारलाई पक्राउ गरिएको हो ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा हाइसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त धातुसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, १५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीका‌ अनुसार सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका कारण उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फको उडान

काठमाडौँ, १५ चैत । खोटाङ जिल्लाको विभिन्न स्थानमा ३ करोड खर्चिएर स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । खोटाङ सेवा

काठमाडौँ, १५ चैत । दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई गाउँपालिका वडा नम्बर