प्रधानमन्त्री देउवाद्वारा शहीद स्तम्भमा माल्यार्पण

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।

शहीद दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।

प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताए ।

सहिदस्तम्भ लैनचौरमा आयोजित कार्यक्रममा सहिदसम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै उनले यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021