कांग्रेस नेता गुरुङले दिए राजीनामा

काठमाडौँ, १६ माघ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिएका छन् । पार्टीले आदिवासी जनजाति समुदायलाई सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘आफ्नो विवेक र ल्याकतले भ्याएसम्म सक्रिय रहँदै आएको सन्दर्भमा पार्टीबाट आदिवासी जनजाति समुदायको पक्षमा खासै चासो र सहयोग प्राप्त हुन सकेको अवस्था छैन ।’

गुरुङले लेखेका छन्, ‘नेपालका आदिवासी जनजाति समुदायहरुले विगतमा निरन्तरता पाउँदै आएको सार्वजनिक विदाहरु पुनर्स्थापित नहुँदा मैले नैतिक रुपमा नेपाल आदिवासी जनजाति संघको सभापति पदमा रही रहनु उचित ठानेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021