‘तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुनुपर्छ’

काठमाडौँ, १६ माघ । कानुनविद्ले तोकिएका समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । प्रेस चौतारी नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन संवैधानिक र कानुनी व्यवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भटराईले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन नभए जनप्रतिनिधि स्वतः नरहने बताए ।

“संविधानमा सङ्घ, प्रदेश र स्थानीय सरकारबारे अलग–अलग अस्तित्वसहित पाँचवर्षे अवधि तोकिएको र विगतको अनुभवका आधारमा संविधानमै स्थानीय तह कहिल्यै भङ्ग नहुने र केन्द्रले चाहेर पनि भङ्ग गर्ने अधिकारको परिकल्पना संविधानमा गरिएको छ”, उनले भने, “स्थानीय तहका जनप्रतिनिधिको पदावधि बढाउन नपाइने सविधानमै उल्लेख गरिएको छ । त्यसैले तोकिएको समयमै निर्वाचन हुनुपर्दछ ।”

अर्का वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले स्थानीय सरकारको पदावधिसँगै सम्बन्धित नै नहुने धारा २२५ को कुरा उठाएर २०५४ सालपछिको स्थिति सिर्जना गर्न खोजिएको बताएका छन् । “विगतमा २० वर्षसम्म स्थानीय तह जनप्रतिनिधिविहीन भएको अवस्थालाई हेरेर नै संविधानमै स्थानीय तहको कार्यकाल पाँच वर्ष तोकिएको हो । स्थानीय तह खाली हुँदैन । स्थानीय तह प्रधानमन्त्री र सभामुखजस्तो पद होइन, कामचलाउ गर्न पाइँदैनन्”, उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाडौँ, ३ भदौ । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने भ्येको छ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर

काठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको समस्या

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021