राष्ट्रिय जनमोर्चा विभाजित

काठमाडौँ, १६ माघ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ।

भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको हो। जसका अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्य थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की रहेका छन् ।

भेलाले ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको सो पार्टीनिकट पत्रकार नारायण शर्माले जानकारी दिए । यसअघि गत मंसिरमा नेकपा मसालबाट छुट्टिएर नेकपा मसाल समन्वय समिति बनेको थियो। जसको संयोजकमा सन्तबहादुर नेपाली र प्रवक्तामा कृष्णराज पौडेल रहेका थिए । सो समूहले राष्ट्रिय भेला गरी ५७ सदस्यीय केन्द्रीय सदस्य र ११ सदस्यीय सल्लाहकार रहेको नेकपा (मसाल) केन्द्रीय समन्वय समिति गठन गरेको थियो।

मोहनविक्रम सिंहले नेतृत्व गरेको मूल पार्टी संसदीय व्यवस्थामा फसेको आरोपसहित सो समूहले वर्तमान संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी व्यवस्था गर्दै पार्टीलाई दक्षिणपन्थी विचलनबाट रोक्न वैचारिक संघर्षको रूपमा नयाँ समह बनाएको अध्यक्ष पौडेलको दाबी छ । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै