काठमाडौँ, १५ माघ । संघीय प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक १० दिन पर सरेको छ ।
संघीय संसद सचिवालयले शनिबार सूचना जारी गरी बैठक सरेको जानकारी दिएको हो । बैठक आइतबारका लागि तोकिएको थियो । तर, कोरोना संक्रमणको जोखिम यथावत् रहेको भन्दै सचिवालयले संसद बैठक सार्नुपरेको जनाएको छ ।
अब प्रतिनिधिसभा बैठक माघ २६ गते १ बजे बस्ने सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।