काठमाडौँ, १५ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले आफ्नो मातहतका सम्पूर्ण जनवर्गिय संगठनहरुलाई सरकारविरुद्ध आन्दोलन गर्न निर्देशन दिएको छ ।
आज भक्तपुरमा संयुक्त रुपमा बसेको जनसंगठनहरुको बैठकले सवै जनसंगठनहरुले देशभर आन्दोलन गर्ने निर्णय गरेको हो । सरकारले स्थानीय तहको निर्वाचन नगरी संविधान तथा लोकतन्त्रलाई नै समाप्त खेलमा लागेको भन्दै उक्त निर्णय गरेको बताइएको छ ।
