काठमाडौँ, १५ माघ । आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्नसत्तारुढ गठबन्धनले प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ ।
शनिबार दोस्रो पटक बसेको सत्तारुढ दलको बैठकले यस्तो सुझाव दिएको बैठकपछि काँग्रेस नेता तथा सञ्चारतथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । निर्वाचन आयोगसँग छलफल गरेपछि एकै चरणमा निर्वाचन गर्ने वा फरक फरक मितिमा गर्ने कुराको टुंगो लाग्ने उहाँले बताउनुभयो ।
अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्नेउल्लेख गर्दै उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र गर्न सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ । संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न गठबन्धनले सुझाव दिएको छ ।’