काठमाडौँ, १५ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८२० जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १४ सय ४ जना, ललितपुरमा २०५ र भक्तपुरमा १११ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ६४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।