वैद्यखाना आफैँ ‘बिरामी’

काठमाडौँ, १५ माघ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला आफैँ बिरामी अवस्थामा छ ।

कुनै समय १८५ प्रकारका आयुर्वेद औषधि उत्पादन गर्ने वैद्यखाना यतिबेला जेनतेन ३५ थरीका औषधि उत्पादन गरिरहेको छ । त्यसमाथि सिंहदरबार वैद्यखानाका बिक्री कक्ष कार्यालय समयमा मात्र खुल्ने हुनाले उपभोक्ताहरू मारमा परेका छन् । जसका कारण उपभोक्ताहरू निजी क्षेत्रबाट उत्पादन गरिएका आयुर्वेदिक औषधि महँगोमा खरिद गर्न बाध्य छन् । बिक्री कक्षका वैद्य आदित्य ठाकुरका अनुसार, मानव जीवनका लागि महत्वपूर्ण र बजारमा बढी माग भएको औषधिकै उत्पादन रोकिएको छ । कोभिड–१९ महामारीका बेला शिलाजित, त्रिफला चूर्ण, तुलसी चिया, अश्वगन्धा चूर्ण, अश्वगन्धारिष्ट र च्यवनप्राशको माग उच्च छ । यद्यपि यिनै औषधि वैद्यखानाको बिक्री कक्षमा छैन ।

वैद्य ठाकुरले भने, “च्यवनप्राशको उत्पादन बन्द भएको थियो । पुस पहिलो सातादेखि मात्रै साधारण किसिमको च्यवनप्राशको बिक्री सुरु भएको छ । माग धेरै हुने सुगर फ्री र उत्कृष्ट गुण‚तरका च्यवनप्राशको उत्पादन रोकिएको दुई वर्ष हुन लाग्यो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आज सुनुवाइ

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल