काँग्रेसद्वारा केन्द्रीय कार्यसम्पादन समिति गठन (सूचीसहित)

काठमाडौँ, १४ माघ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ ।

आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई प्रस्ताव पेस गर्न लगाएका थिए । उनले कार्यसम्पादन समितिका पदेन र सभापतिबाट मनोनितको नाम बैठकमा पेस गरेका थिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ्ग लामा, सुजाता कोइराला, एन.पी. साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सदस्य भएका हुन् । 

यसबाहेक नेपाली कांग्रेसको विधान अनुसार वर्तमान पदाधिकारी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ्ग, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्गदेम्वे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्रि पाण्डे र जीवन परियार पदेन रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021