भोलि गठबन्धनको बैठक बस्ने

काठमाडौँ, १४ माघ । स्थानीय तहको निर्वाचनका सम्बन्धमा देखिएको अन्योलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक शनिबार बस्ने भएको छ ।

प्रआज धानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा गठबन्धनको बैठक बोलाउने निर्णय भएको हो ।

स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने कार्ययोजनासहित निर्वाचनले सरकारलाई सिफारिस गरिसकेको छ । आयोगले सिफारिस गरेको लामो समयसम्म पनि स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले चासो नदेखाएपछि विभिन्न आशंकासहितको टिकाटिप्पणी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फोहोर बोक्ने गाडीका चारजना चालकलाई सरकारले नियन्त्रणमा लिएको बताएका छन् । आइतबार

काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नभए बजेट प्रस्तुतमा पनि प्रतिरोध हुने

काठमाडौँ, ७ जेठ । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन्

काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक