दाङ, १४ माघ । भारतसँग जोडिएको सीमावर्ती क्षेत्र दाङको कोइलाबास नाकाबाट अवैध हतियार बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका-८ दुर्गा सामुदायिक वन भालुखोला सीमावर्ती क्षेत्रबाट एकनाल भरूवा बन्दुक बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बलले गस्तीले गर्नेक्रममा रूखको फेदमुनि लुकाइछिपाइ राखेको अवैध एकनाल भरुवा बन्दुक बरामद गरेको हो । बरामद गरिएको उक्त हतियार विभिन्न किसिमको चोरीपैठारी, वन्यजन्तुको तस्करी तथा अपराधीक क्रियाकलापमा प्रयोग हुन सक्ने प्रहरीले जनाएको छ ।
बरामद गरिएको अवैध हतियार सीमा प्रहरी चौकी कोइलाबासलाई बुझाइएको छ ।