प्रधानन्यायाधीश राणाले बोलाए न्याय सेवा आयोगको बैठक

काठमाडौँ, १४ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको बैठक बोलाएका छन् ।  

नेपाल बारको असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ । खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजको बैठकको छ । यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको थियो ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडू कोरोना संक्रमणपछि आइसोलेसनमा छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021