कानुनभन्दा माथि क्रसर व्यवसायी

File Photo

काठमाडौँ, १४ माघ । लहान नगरपालिका–१४ बस्तीपुरस्थित खुट्टीखोलामा क्रसर उद्योग सञ्चालन भैरहेको छ। खोलामै सञ्चालित यस क्रसर उद्योगको अभिलेख घरेलु तथा साना उद्योग कार्यालय लहानमा छैन। जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवका अनुसार यो क्रसर उद्योग बिनादर्ता सञ्चालन भैरहेको छ। ‘घरेलु कार्यालयमा दर्ता नै नभएको उद्योगको अनुगमन, नियन्त्रण वा कारबाही मैले गर्न मिल्दैन’, उनले भने ।

डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाष दासका अनुसार खुट्टीखोलामा सञ्चालित क्रसर उद्योगले क्रसर सञ्चालनसम्बन्धी मापदण्ड पालना गरेको छैन। ‘यो उद्योगको वातावरणीय प्रभाव मूल्यांकनसमेत भएको छैन’, उनले भने, ‘बिना वातावरणीय मूल्यांकन कुनै पनि खोलाबाट नदीजन्य पदार्थ निकाल्न पाइँदैन ।’ तर यो खोलामा क्रसर स्थापना गरेर उपकरण प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ।‘यो कानुनविपरीतको कार्य कसरी बेरोकटोक भैरहेको छ, मलाई थाहा भएन’, दासले भने।

जिल्ला समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुरले खुट्टीखोलामा कानुनविपरीत क्रसर सञ्चालन भएको जानकारी प्राप्त गरेको बताए। ‘यस विषयमा थप बुझ्न जिल्ला प्रशासन कार्यालय पुग्दा प्रमुख जिल्ला अधिकारी बिदामा रहेछन्’, ठाकुरले भने, ‘उनी आएपछि यस विषयमा थप बुझ्छु।’ यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021