काठमाडौँ, १३ माघ । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरूलाई कारवाही गर्ने जनाएको छ ।
नेकपा एमाले प्रदेश १ कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिने जनप्रतिनिधिमाथि छानबिन गरेर कारवाही गरिने जानकारी दिएको हो ।
