काठमाडौँ, १३ माघ । नक्कली मास्क बेचेको आरोपमा चार जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ललितपुर टिकाथली घर भई त्रिपुरेश्वरमा महालक्ष्मी इशान इन्टरप्राइजेज सञ्चालन गर्दै आएका ३४ वर्षीय बुद्धिबहादुर कार्की, भारत राजस्थान घर भई भोटेबहाल बस्ने २० वर्षीय यश अग्रवाल, भोटेबहालमै बस्ने २० वर्षीय श्रीयान्स लावटी र सभापोखरी गाउँपालका-१ घर भई सातदोबाटो बस्ने २३ वर्षीय मुक्तिप्रसाद पोखरेललाई पक्राउ गरेको हो ।
प्रहरीले महालक्ष्मी इशान इन्टरप्राइजेजबाट २१ कार्टुन (३०२४ थान मास्क) बरामद, ६५ बट्टा (११७० थान मास्क), वानसेट सप्लायर्सबाट ८ कार्टुन (१९२० थान मास्क) बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।