पार्टीको सभा सम्मेलन स्थगित गर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ, २६ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिनुभएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उहाँले धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिनुका साथै आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन आग्रह गर्नुभयो । अध्यक्ष नेपालले सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न र पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा निश्चित नेताहरु मात्र सहभागी गराउन निर्देशन दिनुभयो ।

विज्ञप्तीमा उहाँले भन्नुभएको छ, ‘‘धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरु हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपराउन समेत निर्देशन गरिन्छ ।’ खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउन सहयोग गर्नसमेत कार्यकर्तालाई निर्देशन दिँदै उहाँले साथै १८ वर्ष पूरा भएर पनि खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउन समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लमजुङ, ४ माघ । लमजुङमा आज ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

काठमाडौँ, ४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021