अध्यक्ष ओलीद्वारा कर्मचारी सङ्गठनको भवन उद्घाटन

झापा, २५ पौष । नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन ।

विसंं २०७० माघ ५ गते उनलेनै उक्त भवन शिलान्यास गरेका थियो । सोह्र कोठाको दुईतले भवन निर्माणमा रु एक करोड ८८ लाख नौ हजार ५७० खर्च भएको बताइएको छ  ।
 
भवन निर्माणका लागि राष्ट्र सेवक सहकारी संस्थाबाट रु ५० लाख, शान्ति मन्त्रालयबाट  रु २८ लाख, तत्कालीन जिल्ला विकास समितिबाट रु तीन लाख ८२ हजार, सांसद विकास कोषबाट रु एक लाख ९६ हजार २५०, जिल्ला प्राविधिक कार्यालयबाट रु एक लाख ९० हजार, भद्रपुर नगरपालिकाबाट रु एक लाख ४६ हजार सहयोग प्राप्त भएको थियोे । यसैगरी विभिन्न दाताबाट रु ४२ लाख ४१ हजार ६१३ सङ्कलन भएको थियो । भवन निर्माणका लागि रु ५२ लाख ५० हजार राष्ट्रसेवक सहकारीबाट ऋण लिइएको थियो ।

भद्रपुर नगरपालिका– १० मा दुई कठ्ठा १५ धुर जग्गामा बनेको भवनको भूइँ तलामा १४ कोठा र पहिलो तलामा दुई सभाकक्ष छन् । जिल्लाको भद्रपुर, कमल र शिवसताक्षी पालिकामा आयोजना हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आजै काठमाडौँबाट गृहजिल्ला झापा आएका हुन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार

काठमाडौँ, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँचदलीय गठबन्धन कायम रहने बताएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021