जनताको विश्वासलाई धोका दिन्नँ : सभामुख सापकोटा

सिन्धुपाल्चोक, २५ पौष । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसद्को गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनःस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताए ।

सभामुख सापकोटाले भने, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अंगमध्ये एक अंगको प्रमुख बनाउनुभएको छ । तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन ।” कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत व्यक्तिको उपस्थिति थियो ।

कार्यक्रमका सहभागी वक्ताले महिलाद्वारा सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेका थिए । सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् । सभामुख सापकोटाले बलेफी–३, फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको

काठमाडौँ, २ भदौ । तपाईँको आजको दिन कस्तो रहनेछ ? मेष : सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा

काठमाडौँ, १ भदौ । हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

दाङ, १ भदौ । प्रहरीले दाङमा दुईथान बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–१, मलमलास्थित

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021