नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा अधिकारी निर्वाचित

पश्चिम नवलपरासी, २५ पौष । नेकपा एमाले पश्चिम नवलपरासीको आठौ जिल्ला अधिवेसनबाट दीपेन्द्र कुमार अधिकारी निर्वाचित हुनुभएको छ ।

सहमतिको प्रयास असफल भएपछि हिजो २०७८ पौष २४ सम्पन्न निर्वाचनबाट ३३२ मतका साथ अधिकारी निर्वाचित हुनुभयो । कुल ५५७ जना प्रतिनिधि मध्ये ५४४ मत खसेकोमा उहाँका निकटतम प्रतिद्वंदी थान प्रसाद गैरेले १८५ मत प्राप्त गर्नुभयो ।

१०५ सदस्यीय कमिटीको लागी दुई वटा प्यानल नै बनाएर भएको निर्वाचनमा सम्पूर्ण पदाधिकारी सहित अधिकांश सदस्यमा अधिकारी समुहका ऊमेदवार विजयी हुनुभएको छ । अन्य पदाधिकारीहरू उपाध्यक्ष, सचिव, र २ उपसचिव मा क्रमशः डोलराज भण्डारी, धीरज शर्मा बस्याल, राजन आचार्य र रिंगला यादव विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा