प्रधानसेनापति शर्मालाई भएको के हो ?

काठमाडौँ, २५ पौष । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घर बिदामा छन् । स्वास्थ्यमा लगातार समस्या आएपछि थप उपचारका लागि पुस ३० गतेसम्म लागि घर बिदा स्वीकृत गराएका शर्मा हाल भारतमा उपचाररत छन् ।

तर, शर्मालाई के भएको र कहाँ उपचार भइरहेको भन्नेबारे सरकार र सेना दुवैले केही खुलाएका छैनन् । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रधानसेनापति शर्मा बिदा लिएर व्यक्तिगत रूपमा स्वास्थ्य परीक्षणका लागि भारत गएको बताए । तर शर्मालाई के भएको र भारतको कहाँ र कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने चाहिँ खुलाउन चाहेनन् ।

स्वास्थ्य व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताउँदै पौडेलले भने, आवश्यक समयमा हामी तपाईंहरुलाई जानकारी गराउनेछौँ । प्रधानसेनापति शर्मा एक दुई दिनमै स्वदेश फर्किने भन्दै उनले त्यसपछि आवश्यकताअनुसार जानकारी दिने जिकिर गरे । उपरथीको जिम्मेवारीमा हुँदा दुई पटकसम्म मिर्गौलामा स्टोन भएपछि शर्माले सैनिक अस्पताल छाउनीमा शल्यक्रिया गराइसकेको स्रोतले जनाएको छ । यसअघि सैनिक अस्पतालमै उपचार गराउँदै आएका शर्माको स्वास्थ्यमा थप जटिलता आएपछि बिदा नै लिएर उपचारका लागि भारत गएको स्रोतको दाबी छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको

काठमाडौँ, २ भदौ । तपाईँको आजको दिन कस्तो रहनेछ ? मेष : सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा

काठमाडौँ, १ भदौ । हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

दाङ, १ भदौ । प्रहरीले दाङमा दुईथान बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–१, मलमलास्थित

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021