दोस्रो पटक गुड्यो रेल, लिक परीक्षणले जागे आशा

काठमाडौँ, २५ पौष । हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको  ३४ किलोमिटर  दूरी  रेलले  तय  गरेका हुन् । २०७७  असोज  २  गते  भित्रिएका  दुई  रेल  कात्तिक  ५  गते  भारतीय  रेल्वे कम्पनी कर्पोरेसन  (कोँकण)ले  नेपाल  रेल्वे  कम्पनीलाई  हस्तान्तरण  गरेको थियो । ८४ करोड ६५ लाख रूपियाँमा रेल किनिएका हुन् । तर, ती रेल डेढ वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेसनमा त्रिपाल ओढाएर थन्काइएका थिए  ।

ती रेल ल्याइएपछि  शनिबार  दोस्रो  पटक परीक्षण गरिएको हो । यसबीचमा  रेल  चलाउने  मिति  पटक–पटक  सर्दै  आएको छ  । पछिल्लो पटक गत मङ्सिरमा  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु  यादवले अध्यादेशबाट  कानुन  बनिसकेको  र  अब  चाँडै रेल सञ्चालन  हुने प्रतिबद्धता  जनाएकी थिइन् ।

उनीसहित रेल सञ्चालनसम्बन्धी प्रतिबद्धता जनाउने मन्त्री तीन पुग्दा पनि रेल सञ्चालन भएको छैन । तर, आजको लिक परीक्षणले अब रेल कुद्ने आशा जागेको छ । आजको परीक्षणका क्रममा गत मङ्गलबार भारतीय रेलका प्राविधिक टोलीसहितले रेलमार्ग  परीक्षण गरेका  थिए  ।

टोलीले  भारतका  तर्फबाट  सम्पूर्ण  तयारी  भएको  जानकारीसमेत  गराएको थियो । रेल  नचल्दाको  घाटा  पूर्वाधारमा  पनि  परेको छ । रेलमार्गका क्लिप चोरी हुँदा पनि नेपाललाई निकै नोक्सानी भएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको

काठमाडौँ, २ भदौ । तपाईँको आजको दिन कस्तो रहनेछ ? मेष : सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा

काठमाडौँ, १ भदौ । हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

दाङ, १ भदौ । प्रहरीले दाङमा दुईथान बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–१, मलमलास्थित

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021