नारायणहिटी र पशुपति धर्मशाला भाडामा लगाइएकोबारे दुई समितिद्वारा बतास समूहको अनुसन्धान

काठमाडौँ, २५ पौष । नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयको जग्गा भाडा दिएकोसँग सम्बन्धित आवश्यक कागजपत्र उपलब्ध गराउन परिपत्र गरेको छ ।

सङग्रहालयको जग्गा भाडामा लगाउनुका कारण, औचित्य र आवश्यकता तथा प्रक्रियासम्बन्धी भएका निर्णयसहितका कागजपत्र उपलब्ध गराउन भनेका छौँ, संयोजक लुइँटेलले भने । सो समितिले आवश्यक कागजपत्र उपलब्ध गराउन सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई शुक्रबार नै निर्देशन दिएको थियो ।

समितिका अनुसार जग्गा भाडामा लगाउने विषयसँग सम्बन्धित कागजपत्र बुझ्ने काम भइरहेको छ । थप अध्ययनपछि प्रतिवेदन तयार पारी दोषी देखिएमा संलग्न व्यक्तिलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार हुनेछ । सो प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई बुझाइने छ । यसैबीच भारत सरकारको सहयोगमा निर्मित ‘नेपाल–भारत मैत्री धर्मशाला’मा होटल सञ्चालनका लागि भाडामा लगाउने विषयमा गठित छानबिन समितिले शनिबारबाट नै अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । बतास समूहले होटल आनन्द सञ्चालन गरिरहेको धर्मशाला भाडामा लगाइएको कानुनी प्रक्रिया र नीतिगत निर्णयका सम्बन्धमा अनुसन्धान गर्ने जनाइएको छ । नेकपा (एकीकृत समाजवादी) समर्थक युवा सङ्घ नेपालले नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र धर्मशाला भाडामा लगाइएको विवादस्पद निर्णयका सम्बन्धमा छानबिन गर्न मन्त्री आलेलाई ज्ञापनपत्र नै बुझाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021