बागमती सरकारले जनताको ढाड सेक्यो: बढायो ट्याक्सी भाडा

काठमाडौँ, २४ पौष । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले पद सम्हालेसँगै एक पछि अर्को गर्दै जनताको भावनामाथि खेलवाड गर्दै अगाडी बढ्न थाल्नुभएको छ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सीभाडा बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्री स्तरको निर्णयबाट ट्याक्सीभाडा बढाएको हो ।

उक्त निर्णयअनुसार अब काठमाडौँ उपत्यकामा ट्याक्सीको न्युनतम भाडा ६० रुपैयाँ कायम भएको छ । ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ हुने परिमार्जित भाडादरमा उल्लेख छ । त्यसपछि प्रत्येक २०० मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेछ ।

उक्त निर्णयअनुसार ट्याक्सीहरुले अब पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्नेछ । त्यस्तै ट्याक्सी प्रयोग गर्नेवित्तिकै सेवाग्रहीलाई सवारी साधनको नम्बर, चालकको नम्बरसहितको विवरण अंग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021