प्रतिनिधिसभा बन्धक बनाउनु संविधान कार्यान्वयनमा अवरुद्ध गर्नु हो : मन्त्री भुसाल

काठमाडौँ, २४ पौष । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेकपा (एमाले)ले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐन-नियम बनाउन नसकिएको बताएकी छन् ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौँ गाउँसभालाई आज सम्बोधन गर्दै उनले विघटित प्रतिनिधिसभा पुनःस्थापित भए पनि बन्धक बनाउनु संविधान कार्यान्वयनलाई बन्धक बनाउनु भएको बताइन् ।

“जनताको सार्वभौम थलो प्रतिनिधिसभा हो, त्यहीँबाट जनताका लागि कानुन-नियम बन्ने हो । आज त्यो ठप्प छ । त्यसैले प्रतिगमनको खतरा टरिसकेको छैन । यसप्रति सबै सचेत हुनुपर्छ,” मन्त्री भुसालले भनिन् । उनले संविधानले निर्दिष्ट गरेको सामाजिक न्यायमा आधारित समाजवाद निर्माणमा लागेको पनि जानकारी दिइन् ।उनले खतरा टरिनसकेकाले प्रतिक्रान्तिको खतरा रहुन्जेलसम्म गठबन्धन रहने र चुनाव मात्रै होइन, चुनावपछि पनि निरन्तरता दिने सोचमा रहेको जानकारी दिइन् ।

उनले प्रतिनिधिसभा चलेको भए संघीय निजामती ऐन, प्रदेश निजामती ऐन, स्थानीय सेवा ऐन बनिसक्ने जानकारी गराउँदै स्पष्ट नीति नियमको अभावमा प्रदेश र स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको दाबी गरिन् । संसद् नचल्दा कानुन बन्न नपाएको र कानुन नबन्दा अधिकार बाँडफाँटको कुरा समेत अड्किएको उनले बताइन् ।

सुरुमा पार्टीले उठाएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको एजेन्डा राष्ट्रकै एजेन्डा बनेको स्मरण गर्दै उनले आर्थिक, सामाजिक रूपान्तरणतर्फ मुलुक अघि बढिसकेको पनि बताइन् । मन्त्री भुसालले २० युनिटभन्दा तल विद्युत् खपत गर्ने साढे २६ लाख घरका एक करोड ३० लाख जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराएको पनि बताइन् ।अन्यको हकमा शुल्कसमेत घटाएको जानकारी दिँदै उनले सिँचाइको नीति अघि बढाएर ग्रामीण क्षेत्रका किसानको जीवनस्तर माथि उठाउने प्रयास थालिएको बताइन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक