कांग्रेसले चुनावमा हारको सामना गर्नु पर्ने हुन सक्छ: नेता कोइराला

सुनसरी, २४ पौष । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नु पर्ने अवस्था निम्तन सक्ने खतरा औंल्याउनुभएको छ ।

सुनसरीको इनरुवामा सञ्चारकर्मी सँगको कुराकानीको क्रममा नेता कोइरालाले सभापतिले म सबैको हुँ भनेपनि विश्वासको वातावरण भने बनि नसकेको बताउनुभयो । आगामी निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आवद्ध गराउन सक्यौं भने निर्वाचन जित्छौं तर्क गर्दै डा। कोइरालाले यस्तै तरिकाले सभापतिले हिंड्ने हो भयो भने पार्टी दुर्घटनामा पर्न सक्ने तर्फ संकेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले भर्खर सुरुवात हो । जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनु पर्यो । देखिने गरी हुनु पर्यो, न्याय संगत हुनु पर्यो । उहाँले विधानलाई टेकेर हिंड्नु भएको छ तर जसरी नियुक्तिहरु गर्नु भको छ । कार्य समितिमा ल्याउनु भएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चैं हामीले जान्न जरुरी छ । न्यायोसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै । त्यस्तो भयो भने पार्टी दुर्घटनामा जान्छ । दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रिय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा पर्ने भएको

काठमाडौँ, २ भदौ । सभापति शेरबहादुर देउवाले सबै पक्षलाई समेटेर अघि बढ्न नसकेको आरोप लगाउँदै कांग्रेसका एकथरी नेता तथा कार्यकर्ता सार्वजनिक

काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा

काठमाडौँ, २ भदौ । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना हुँदा घाइते भएकाको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021