माओवादी नेता श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौँ, २४ पौष । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिनुभयो । उहाँले आफू १४ दिन होम आइसोलेसनमा बस्ने भन्दै पछिल्ला केही दिन आफूसँग सम्पर्कमा आएकाहरुमा सावधानी अपनाउन आग्रहसमेत गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’

यसअघि पार्टीका केही नेताहरुलाई कोरोना संक्रमण भएको भन्दै पार्टीको बैठकसमेत स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँ बराबरको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७

काठमाडौँ, २ भदौ । तपाईँको आजको दिन कस्तो रहनेछ ? मेष : सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा

काठमाडौँ, १ भदौ । हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

दार्चुला, १ भदौ । दार्चुलामा जिप दुर्घटनाका मृतकको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा बझाङका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021