बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी : चार जना पक्राउ

काठमाडौँ, २४ पौष । बैंककै कर्मचारीको मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहित चार जना पक्राउ परेका छन् ।

खत्रीले काठमाडौँ महानगरपालिका–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार रुपैयाँ बैंकमा दाखिला गर्न जाने क्रममा लुटपाट भएको सूचना प्रहरीलाई दिएका थिए ।

सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गर्दा खत्रीमाथि नै शङ्का लागेपछि पक्राउ परेका थिए । अनुसन्धानपछि मिलेमतोमा नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

प्रहरीले चोरीमा संलग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने २४ वर्षका विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको हो । उनीहरू चार जनाले पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको प्रहरीले जनाएको छ । अहिलेसम्म १३ लाख ४६ हजार रुपैयाँ फेला परेको र दुई लाख ८२ हजार रुपैयाँ भने खर्च गरेको खुलेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २ भदौ । मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका

काठमाडौँ, २ भदौ । निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ।

काठमाडौँ, २ भदौ । निजी क्षेत्रका सरोकारवाला तथा विज्ञहरूले बौद्धिक सम्पत्ति संरक्षणका लागि समयसापेक्ष कानुन निर्माणमा जोड दिएका छन् । बुधबार

काठमाडौँ, २ भदौ । नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँ बराबरको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021