राष्ट्रिय सभा निर्वाचन : अध्यक्ष ओलीद्वारा पराजय स्वीकार

काठमाडौँ, २४ पौष । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन् । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन आग्रहसमेत गरेका छन् ।

एमाले जिल्ला अधिवेशनको शुक्रबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमद्वारा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सोचेअनुसारको परिणाम हासिल गर्न नसक्ने धारणा राखेका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सोचेजस्तो परिणाम आउन सक्दैन भन्दै उनले आत्तिन जरुरी नभएको बताए । संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै राष्ट्रिय सभाको निर्वाचन भएको उनको भनाइ थियो ।

निर्वाचन परिणाम एमालेका लागि अलि प्रतिकूल आउन सक्ने भन्दै उनले त्यो आजको जनमत र आजको यथार्थ नहुने बताए । ‘साढे चार वर्षअघि जनमत ल्याउँदा विभिन्न पक्षलाई सन्तुलन मिलाएर, विभिन्न प्रकारका व्यवस्थापनका नाममा त्यसलाई सम्बोधन गर्ने नाउँमा सिट बाँडेका थियौं । त्यो आजको जनमत र आजको यथार्थ हुँदै होइन,’ अध्यक्ष ओलीले भने । अहिले कम्युनिष्ट आन्दोलनलाई भित्रैबाट सखाप पार्न केही तत्व लागेको र पुरानो जनमतलाई समेटेर गठबन्धन बनाएको भरमा एमालेसँग उनीहरूले प्रतिस्पर्धा गरिरहेको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको

काठमाडौँ, २ भदौ । तपाईँको आजको दिन कस्तो रहनेछ ? मेष : सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा

दार्चुला, १ भदौ । दार्चुलामा जिप दुर्घटनाका मृतकको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा बझाङका

दाङ, १ भदौ । प्रहरीले दाङमा दुईथान बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–१, मलमलास्थित

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021