आजको मौसम

काठमाडौँ, २४ पौष । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज बिहान बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ मा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका केहि भूभागमा हुस्सु तथा कुहिरो लागेको छ ।

यस्तै आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।

यस्तै राति पनि सुदूर पश्चिम, कर्णाली र बागमती प्रदेशहरूमा सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । देशभरका स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्रको जमिनलाई आगामी मंसिर २३ गतेभित्र कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न

काठमाडौँ, २ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी,

काठमाडौँ, २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा पर्ने भएको

काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021