काठमाडौँ, २३ पौष । गृह मन्त्रालयले इजाजत नलिई अनलाइन र नेटवर्किङ व्यवसाय सञ्चालन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।
शुक्रवार गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) प्रदीपकुमार कोइरालाले विज्ञप्ति मार्फत बिना अनुमति विद्युतीय कारोबार फस्टाउँदै गएको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएका छन् । गैर कानुनी रूपमा सञ्चालित अनलाइन मार्फत गरिने व्यवसाय, बैङ्किङ, सहकारी, बिमा र अनलाइन गेमिङ बारे निगरानी र नियन्त्रण गरिने जानकारी दिएको छ ।
