केपी ओली नेतृत्वको सरकार सफल : महासचिव पोखरेल

ललितपुर, २३ पौष । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा सफलता हासिल गरेको दावी गरेका छन् । शुक्रबार मङ्गलबजारमा आयोजित एमाले ललितपुरको आठौँ अधिवेशनको उद्घाटनमा महासचिव पोखरेलले ओली नेतृत्वको साढे तीन वर्षे सरकारले देशभरमा सडक, पुलको निर्माणमा उल्लेखीय काम गरेको र रेल निर्माणका लागि महत्वपूर्ण सम्झौता गरेको तर्क गरे ।

पहिले पूर्व–पश्चिम एउटा मात्रै राजमार्ग रहेकामा ओली नेतृत्वको सरकारले चार राजमार्ग निर्माण अघि बढाएको उनले बताए । अरु पार्टीले पहिले रेलको कुरा गर्दा कागजको रेल बनाएर उडाए पनि ओली नेतृत्वको सरकारले रेल निर्माणसम्बन्धी महत्वपूर्ण काम गरेको उनको भनाइ छ । विगतमा भएका असमान सन्धीसम्झौताको पुनरावलोकनको काम सुरु हुनु र चुच्चे नक्सा प्रकाशन गर्नु उपलब्धी भएको उनको भनाइ छ । 

पार्टी पोलिटब्युरो सदस्य तथा ललितपुर जिल्ला इञ्चार्ज शुशीला नेपालले देशको समृद्धि र शान्तिका लागि एमाले सत्तामा पुग्नुपर्ने बताइन् ।  केन्द्रीय सदस्य बाबुराम थापाले एमाले पार्टी सधैँ सही एजेण्डा लिएर अघि बढेकाले आमनागरिकको समर्थन र माया पाइरहेको उल्लेख गरे । पार्टी केन्दीय सदस्य तथा जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले जिल्लामा नेतृत्व चयन गर्दा सबै मिल्नुपर्ने र मिलेर नै आमनिर्वाचनमा जानुपर्नेमा जोड दिए ।

ललितपुर क्षेत्र–१ बाट प्रतिनिधिसभा सांसद् नवराज सिल्वालले पार्टीले विगतबाट उठाएको एजेण्डा लिएर चुनाबमा जाने बताए । अधिवेशनले नयाँ जिल्ला कमिटी चयन गर्नेछ । शनिबार बन्द सत्र सातदोबाटोमा हुने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार

काठमाडौँ, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँचदलीय गठबन्धन कायम रहने बताएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021