जसपा प्रदेश सदस्य मञ्जित यादव, वडाअध्यक्षसहित एक हजार बढी एमाले प्रवेश

बुटवल, २३ पौष । जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) नेकपा कम्युनिस्ट पार्टी ९एमाले० मा प्रवेश गर्नुभएको छ ।

शुक्रबार एमालेको नवौँ जिल्ला अधिवेशनमा यादव जसपा परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, स्थायी समिति सदस्य घनश्याम भुसाल, रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी लगायतले पार्टीमा प्रवेश गराउनुभयो ।

यादव गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार भई दोस्रो स्थान हासिल गर्नुभएको थियो । त्यस्तै ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मसहुर आलम खान पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका लुम्बिनी प्रदेश सदस्य गुणाखर भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । ग्लोबल आईएमई बैंक लिमिटेडले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो

काठमाडौँ, २ भदौ । निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ।

काठमाडौँ, २ भदौ । नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँ बराबरको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021