सरकारले राम्रो काम नगर्दा कर्मचारीले दबाब दिनुपर्छ : मन्त्री खाँण

काठमाडौँ, २३ पौष । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले राम्रो काम नगर्दा कर्मचारीले सरकारलाई दवाप दिनुपर्ने बताउनुभएको छ ।

नेपाल निजामति कर्मचारी युनियन, गृह मन्त्रालयको ८ औँ विभागीय अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री खाँणले निजामती कर्मचारीहरूका युनियन सबैको साझा हुनु पर्ने बताएका छन् । गृहमन्त्री खाँणले युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरदायी नहुँदा र राम्रो काम हुन नसक्दा सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘निजामति कर्मचारी युनियन सबैको साझा हुनुपर्छ । युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरदायी नहुँदा र राम्रो काम हुन नसक्दा सरकारलाई दबाब दिनुपर्छ । थप समयमा काम गरेवापत कम्तिमा पनि भत्ता उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसका लागि अर्थ मन्त्रालयमा हामीले पहल गरिरहेका छौँ । अर्थ मन्त्रालयबाट सकारात्मक जवाफ आएको छ । तर, निर्णय भइसकेको छैन ।’

गृह मन्त्रालय मातहतका कर्मचारीले सहज र प्रतिकूल दुवै अवस्थामा काम गर्नु पर्ने भएकाले यो काम गर्छु, यो गर्दिन भन्ने छुट नभएको बताउनुभयो । उहाँले जिल्लाको प्रमुख रहने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले एकैपटक बिदा लिएर जिल्ला बाहिर नजान मन्त्रालयले सर्कुलर जारी गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ माघ । थप ८ हजार ४ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख

काठमाडौँ, १२ माघ । मन्त्रिपरिषद् बैठकको ८ वटा निर्णय सार्वजनिक भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकको उक्त निर्णय आज

काठमाडौँ, १२ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र

काठमाडौँ, १२ माघ । नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021