होटलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

काठमाडौँ, २३  पौष । होटेलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार धनगढीमाई नगरपालिका–११  मा धनगढीमाई नगरपालिका–१० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा  पेट्रोल  छर्केर आगो लगाएको आरोपमा २० वर्षीया लक्ष्मी बराल १९ वर्षीय धिरजकुमार यादवलाई पक्राउ गरेको हो । 

लेनदेनको विषयलाई लिएर उनीहरूले उक्त होटलमा आगो लगाएका हुन् । आगलागीबाट होटलको सामानहरू जलेर करिब  एक लाखभन्दा बढीको नोक्सान भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना हुँदा घाइते भएकाको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021