अपवित्र गठबन्धनलाई जरैदेखी उखेलेर फाल्नुपर्छ: नेता बस्नेत

भक्तपुर, २३ पौष । नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र जनमोर्चाको अपवित्र गठबन्धनलाई जनताले जरैदेखी उखेलेर फाल्नुपर्ने बताउनुभएको छ ।

आज एमाले भक्तपुर जिल्लाको आठौं अधिवेशनको खुल्ला सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले वर्तमान पाँच दलीय गठबन्धन तथा परमादेशी सरकारलाई नहटाएसम्म मुलुक र जनताले दुख मात्र पाउने बताउनुभयो । वर्तमान सरकार बनेपछि मुलुकमा एउटा पनि विकास निर्माणका कामहरु हुन नसकेको दावी गर्दै नेता बस्नेतले वर्तमान सरकारले भक्तपुरमा एक रुपैंया बजेट समेत थप गर्न नसकेको भन्दै आक्रोस जनाउनुभयो । बजेट थप गरी विकास र समृद्धिको यात्रालाई अगाडी बढाउनुपर्ने जनताको माग र आवश्यकतालाई लत्याउँदै अघिल्लो सरकारले ल्याएको योजना तथा बजेटलाई समेत वर्तमान गठबन्धनको सरकारले कटैती गरेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो मुलुकको र जनताको माग र चाहना अनुसारको विकास र समृद्धिको यात्रालाई तिव्र गतिमा लैजाने पार्टी एमाले मात्र हो । वर्तमान पाँच दलीय गठबन्धनको सरकार तथा विकास विरोधी हो । आफु पनि गर्दैन र अरुलाई पनि गर्न दिँदैन । केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको योजना तथा बजेटहरु समेत कटैती गरि वर्तमान सरकारले विकास विरोधी भएको भन्ने घाम जस्तै छर्लङ्ग भएको छ । अघिल्लो सरकारको बाहेक भक्तपुरमा बर्तमान सरकार आएपछि पाँच रुपैंया बजेट पनि थप भएको छैन । बरु दर्जनौं योजनाहरु कटैती भएका छन् । केपी ओली नेतृत्वको सरकारको पालामा आएको बजेटले नै अहिले भक्तपुरको विकासहरु भइरहेका छन् । त्यसैले वर्तमान सरकार तथा अपवित्र परमादेशी गठबन्धन सरकारलाई जरैबाट उखेलेर फाल्नुपर्छ । त्यसपछि एमाले नेतृत्वको सरकाले मात्र जनमूखी कार्यक्रमहरु अगाडी बढाउन सक्छ ।’

विकास विरोधी आफ्नै पार्टीका भएपनि नेता तथा जनप्रतिनिधिलाई पार्टीले कारवाही गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै उहाँले हनुमन्ते करिडोर, मनोहरा करिडोर, वीर अस्पताल, क्यान्सर अस्पताल, स्मार्ट सिटी, आधुनिक सभागृहलगायतका ठूला आयोजनाहरु निर्माण गरी भक्तपुरको विकासलाई नमुना बनाउनुपर्नेमा जोड दिनुभयो ।

आम पार्टी कार्यकर्ताबीचको एकतामात्र बलियो हुने प्रष्ट भएको उल्लेख गर्दै नेता बस्नेतले जमिन र कार्यकर्ताको तहबाट एकता गर्नुपर्ने बताउनुभयो । भक्तपुरमा कांग्रेस, माओवादी, नेमकिपा, राप्रपालगायतका दलहरु परित्याग गरी एमालेमा प्रवेश गराएकै कारण पहिलो पार्टी एमाले बन्न पुगको दावी गर्दै नेता बस्नेतले २०७० सालको चुनावभन्दा २०७४ को चुनावमा करिव डबल मत बढाउँदै एमालेको वर्चश्व कायम गर्न सफल भएको उल्लेख गर्नुभयो । इतिहासलाई सम्मान गर्दै वर्तमानको सिर्जनसिलता र रचनात्मकतालाई ध्यान दिँदै पार्टी संगठन अगाडी बढाउनुपर्नेमा जोड दिँदै नेता बस्नेतले नेतृत्व चयन गर्दा सवै कुरालाई विचार गर्नुपर्ने बताउनुभयो ।

न्यायपालिकामा सेटिङ गरि केपी ओलीलाई सरकारबाट हटाउने नेपाल बारका नेतृत्वहरु अहिले केपी ओलीको घरमा नै पुगी न्यायपालिकाभित्रको विकृति र विसंगति हटाइदिनुपर्यो भन्दै जान थालेको उल्लेख गर्दै नेता बस्नेतले केपी ओलीको नेतृत्व अस्वीकार गर्ने कांग्रेस अहिले सहकार्यको लागि बालकोट गएका जस्ता यावत उदाहरुले गर्दा एमाले ठिक ठाउँमा भएको भनि कार्यकर्ताको छाती गर्भले ठूलो भएको बताउनुभयो ।

विकास र समृद्धि गर्न सक्ने नेतृत्व एमाले भएको वर्तमान परमादेशी गठबन्धनको सरकारबाट जनताले प्रष्ट बुझेको उल्लेख गर्दै नेता बस्नेतले वर्तमान सरकारले विकास निर्माणलाई मात्र चौपट्ट बनाएको नभई देशको अर्थव्यवस्थालाई समेत ध्वस्त बताएको बताउनुभयो । वर्तमान सरकारले पूँजीगत खर्च ६ प्रतिशतले समेत गर्न नसकेको उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक वृद्धिदर २ प्रतिशत समेत नपुग्ने अवस्था आएको बताउनुभयो । अघिल्लो सरकारले कोरोनाको कहरकाबीच पनि अर्थव्यवस्थालाई व्यवस्थित, प्रभावकारी तथा उच्च विन्दुमा पुर्याउँदै अगाडी बढाएको तथ्यहरु प्रस्तुत गर्दै नेता बस्नेतले वर्तमान सरकार असफल सावित भइसकेको बताउनुभयो । वर्तमान सरकारले मुलुक सञ्चालन गर्न नसक्ने दावी गर्दै नेता बस्नेतले सरकारकै कारण न्यायापालिका, व्यवस्थापीका तथा कार्यपालिका नै नचल्ने अवस्था बनेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । वन नियमावलीले सिमेन्ट उद्योगहरू संकटमा परेको भन्दै उद्योगीहरूले यसको माग संशोधन गर्न माग गरेका छन् । बुधबार

काठमाडौँ, २ भदौ । देशभरका स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्रको जमिनलाई आगामी मंसिर २३ गतेभित्र कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न

काठमाडौँ, २ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी,

काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021