एमालेलाई विस्थापीत गराउने सपना नदेखे हुन्छः बरिष्ठ उपाध्यक्ष पोखरेल

भक्तपुर, २३ पौष । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमाले अबका दिनमा अहिलेभन्दा कयौं गुणा शक्तिशाली भएर मुलुकको नेतृत्व गर्ने दावी गर्नुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आठौं जिल्ला अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता पोखरेलले एमाले तिव्र गतिको साथ अगाडी बढेको शक्तिको रुपमा स्थापीत हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले अब मुलुकको लागि सवैभन्दा ठूलो र शक्तिशाली पार्टी बनेर आउने छ । एमाले मुलुकको विकास र समृद्धिको लागि तिव्र गतिका साथ अगाडी बढेको शक्ति बन्ने छ । आगामी तीन वटै तहको निर्वाचनमा त्यसको नतिजा देखिने छ । त्यसैले अपवित्र गठबन्धनले एमालेलाई विस्थापित गर्ने कुरा नसोचे हुन्छ ।’

वर्तमान गठबन्धनको सरकारले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतालाई बेच्ने प्रयास गरिरहेको आरोप लगाउँदै उहाँले वर्तमान कांग्रेस, माओवादी, जसपा, जनमोर्चा तथा नेकपा एस पार्टीको पाँच दलीय गठबन्धनको सरकार पाँच दलीय नभई छ दलीय भएको दावी गर्नुभयो । पाँच दलको साथमा एक दलको रुपमा न्यायालय रहेको समेत उल्लेख गर्नुभयो ।

तुहिन तर्ने क्रममा नेपाली नागरिक जयसिंह धामीलाई महाकाली नदीमा बेपत्ता बनाउँदा समेत चुइक्क बोल्न सकेन, कुटनैतिक नोट तथा आधिकारीक आपत्ती र घटनाको वास्तविकता माग्न समेत नसकेको भन्दै आक्रोस जनाउनुभयो । देशको नागरिक मारिँदा चु समेत बोल्न नसक्ने सरकार रहेको भन्दै आक्रोस जनाउँदै उहाँले वर्तमान गठबन्धनको विरुद्धमा देशभक्त नागरिक एक ढिक्का भई अगाडी बढ्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । एमालेले स्वाभिमान र स्वतन्त्रताका साथमा समाजिक सद्भाव कायम गर्दै समाजलाई रुपान्तरण गर्ने लक्ष्यका साथ अगाठी बढिरहेको उल्लेख गर्दै देश विकास गर्ने सपना एमालेमा मात्र रहेको दावी गर्नुभयो ।

विगतका कामहरुको वस्तुनिष्ट कामहरुको समिक्षा, लेखाजोखा, आगामी दिनको लक्ष्य र योग्यतम नेतृत्व आवश्यकता रहेको औंल्याउँदै उहाँले सवल पक्षलाई आत्मसात् गर्दै कमजोरीलाई समिक्षा गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिस्पर्धा गर्दा अराजकतामा जानु नहुने बताउँदै उहाँले सकेसम्म सहमतिमा नेतृत्व छनौट हुने तर सहमति हुन नसके लोकतान्त्रीक विधिलाई स्वीकार गर्दै निर्वाचनको माध्यमबाट नेतृत्व छनौट गर्नुपर्ने बताउनुभयो ।

देशमा दुई दलीय जस्तै गतिविधिहरु गर्दै नेपालको राजनीति अगाडी बढेको वास्तविकता औंल्याउँदै उहाँले एका तर्फ एमाले र अर्को तर्फ गठबन्धन भएको बताउनुभयो । राष्ट्रिय राजनीतिमा दुई वटा ध्रुव रहेको जसमा गठबन्धन र एमाले भएको प्रष्ट पार्नुभयो । विचार, संविधान तथा सिद्धान्त नै नमिल्ने गठबन्धन भएको उल्लेख गर्दै उहाँले गठबन्धन एमालेको विरोधको लागि मात्र बनेको बताउनुभयो ।

वर्तमान सरकारले विकास निर्माणका हजारौं योजनाहरुलाई खारेज गर्दै जनताको तिव्र विकास प्रतिको चाहनालाई लत्याएको उल्लेख गर्दै सरकार विकास विरोधी भएको समेत आरोप लगाउनुभयो । बचन देउजाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सोम मिश्र, निर्मल भट्टराई, विना बाँस्तोलालगायतका केन्द्र तथा प्रदेशका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । देशभरका स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्रको जमिनलाई आगामी मंसिर २३ गतेभित्र कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न

काठमाडौँ, २ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी,

काठमाडौँ, २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा पर्ने भएको

काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021